Share This Article
पहिले प्रश्नपत्र बनाउन शिक्षकहरूले धेरै समय खर्च गर्नुपर्थ्यो। विशिष्टीकरण तालिका अनुसार पाठ्यक्रम हेर्ने, पाठ्यपुस्तक पल्टाउने, प्रश्न टाइप गर्ने, अंकभार मिलाउने, कठिनाइको स्तर मिलाउने लगायतका काममा घण्टौं लाग्थ्यो।
तर अहिले AI (Artificial Intelligence) र ChatGPT को सहयोगले केही मिनेटमै गुणस्तरीय प्रश्नपत्र तयार गर्न सकिन्छ।
यसको अर्थ AI ले शिक्षकलाई प्रतिस्थापन गर्छ भन्ने होइन। AI ले शिक्षकको समय बचाउँछ, तर अन्तिम निर्णय, सुधार र विद्यार्थीअनुसार प्रश्न छनोट गर्ने काम भने शिक्षककै हुन्छ।
यदि तपाईं नेपालका सामुदायिक विद्यालय, संस्थागत विद्यालय वा कुनै पनि विद्यालयमा कार्यरत शिक्षक हुनुहुन्छ भने, यो मार्गदर्शन तपाईंका लागि उपयोगी हुनेछ।
प्रश्नपत्र बनाउन आवश्यक अघि यो कुराहरू तयार पार्नुहोस्।
AI प्रयोग गर्नु अघि केही जानकारी तयार राख्नुहोस्।
- कक्षा
- विषय
- पूर्णाङ्क
- समय
- विद्यालयको नाम र ठेगाना
- पाठ वा एकाइ
- प्रश्नको प्रकार
- अंकभार
- भाषा (नेपाली वा अंग्रेजी)
- पाठ्यक्रम वा Learning Outcomes
मैले यो prompt use गरेर questions हरू 10-15 मिनेटमै बनाएको छु। तपाईंहरूले पनि यो prompt use गर्न सक्नुहुन्छ।याद गर्नुपर्ने कुरा: तपाईँले पढाउने विषय, विद्यालयको नाम, कक्षा, पाठ्यपुस्तकको PDF तथा विशिष्टीकरण तालिका को PDF अथवा फोटो तल दिएको Prompt हाल्नुहोस्।

तपाईंले राम्रोसँग गर्नुभयो भने यो तल देखाइएको किसिमको Microsoft Word अथवा Google Docs मा मा file पाउनुहुन्छ।
याद गर्नुहोला ChatGPT ले दिएकोलाई फाइनल नाम मान्नु होला। तपाईंले चाहिँ आफूले सबै कुरा हेरेर verify गर्नुपर्छ।।

ध्यान दिनुपर्ने कुराहरू।
- तपाईँले जुन कक्षाको बनाउन खोज्दै हुनुहुन्छ त्यो कक्षाको Book and Subject ko PDF upload गर्नुहोस्।
- Specification grid को फोटो अथवा PDF upload गर्नुहोस।
- Sample question paper को PDF अथवा image upload गर्नुहोस।
यदि तपाईंहरूले यो बुझ्नु भएन भने भिडियो भनेर comment गर्नुहोस्। म एउटा छुट्टै भिडियो बनाइदिन्छु।
ChatGPT ले दिएको प्रश्नपत्र सिधै प्रयोग गर्न मिल्छ?
मिल्दैन। AI ले तयार गरेको प्रश्नपत्र शिक्षकले अनिवार्य रूपमा जाँच गर्नुपर्छ।
विशेष गरी यी कुरा हेर्नुहोस्।
- पाठ्यक्रमसँग मिलेको छ कि छैन।
- प्रश्न स्पष्ट छ कि छैन।
- अंकभार ठीक छ कि छैन।
- उत्तर सही छ कि छैन।
- भाषा उचित छ कि छैन।
- कक्षाको स्तरअनुसार छ कि छैन।
AI सहायक हो, अन्तिम परीक्षक होइन।
AI प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
- विद्यालयको पाठ्यक्रम सधैं प्राथमिकतामा राख्नुहोस्।
- पाठ्यपुस्तकसँग तुलना गर्नुहोस्।
- तथ्यगत त्रुटि भए सच्याउनुहोस्।
- धेरै जटिल Prompt भन्दा स्पष्ट Prompt लेख्नुहोस्।
- एउटै Prompt पटक–पटक सुधार गर्दै प्रयोग गर्नुहोस्।
अझ राम्रो प्रश्नपत्र बनाउन Follow-up Prompt प्रयोग गर्नुहोस्
पहिलो उत्तरपछि AI लाई थप निर्देशन दिन सक्नुहुन्छ।
उदाहरण:
बहुविकल्पीय प्रश्न थप कठिन बनाउनुहोस्।
व्याकरणबाट थप ५ वटा प्रश्न थप्नुहोस्।
लामो उत्तर आउने प्रश्न हटाएर छोटो उत्तर आउने प्रश्न राख्नुहोस्।
उत्तरमाला थप विस्तृत बनाउनुहोस्।
तालिका सहित Microsoft Word मा सजिलै कपी गर्न मिल्ने ढाँचामा तयार गर्नुहोस्।
शिक्षकहरूका लागि केही उपयोगी सुझाव
- प्रत्येक विषयका लागि आफ्नै उत्कृष्ट Prompt तयार गर्नुहोस्।
- राम्रो Prompt सुरक्षित राख्नुहोस्।
- AI ले दिएको सामग्री सधैं सम्पादन गर्नुहोस्।
- विद्यालयको ब्लुप्रिन्ट र पाठ्यक्रमसँग मिलाएर अन्तिम रूप दिनुहोस्।
- प्रत्येक परीक्षा अनुसार नयाँ Prompt प्रयोग गर्नुहोस्।
- गोप्य परीक्षा सामग्री सार्वजनिक AI मा राख्दा विद्यालयको नीति र गोपनीयताको ख्याल गर्नुहोस्।
निष्कर्ष
AI र ChatGPT शिक्षकका लागि अत्यन्त उपयोगी सहायक उपकरण बन्न थालेका छन्। सही Prompt प्रयोग गर्न जान्नुभयो भने केही मिनेटमै गुणस्तरीय प्रश्नपत्र, उत्तरमाला, विभिन्न सेट, ब्लुप्रिन्टअनुसारका प्रश्न तथा कठिनाइ स्तर मिलेको परीक्षा सामग्री तयार गर्न सकिन्छ।
तर एउटा कुरा सधैं सम्झनुहोस्—अन्तिम जिम्मेवारी शिक्षककै हुन्छ। AI ले तयार गरेको प्रश्नपत्रलाई विद्यालयको पाठ्यक्रम, सिकाइ उपलब्धि, विद्यार्थीको स्तर र परीक्षा प्रणालीअनुसार जाँच, परिमार्जन र आवश्यक सुधार गरेर मात्र प्रयोग गर्नुहोस्। यसरी AI लाई सहायकका रूपमा प्रयोग गर्दा तपाईंको समय बच्ने मात्र होइन, परीक्षा तयारी अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय पनि बन्न सक्छ।
ल comment मा भन्नुहोस् त तपाईंले सुरुमा कुन विषयको प्रश्नपत्र बनाउनुहुन्छ?
