नेपाल सरकार शिक्षक सेवा आयोग (मावि, निमावि, प्रावी) शिक्षकको तलब २०८३
तह, श्रेणी र ग्रेडका आधारमा आफ्नो तलब विवरण निकाल्नुहोस्।
नेपालमा शिक्षकको तलब कसले तोक्छ?
सरकारी शिक्षकको तलब नेपाल सरकारले तोक्छ, शिक्षक सेवा आयोगले होइन।शिक्षक सेवा आयोग ले परीक्षा लिन्छ र नियुक्तिको सिफारिस गर्छ। तर तलब स्केल अर्थ मन्त्रालय ले हरेक वर्ष जेठ १५ को बजेटमा तय गर्छ। त्यही साउन १ देखि लागू हुन्छ।सरकारी शिक्षकको तलब नागरिक सेवाकै ढाँचामा आधारित छ। मतलब समान Level का निजामती कर्मचारी र शिक्षकको मूल तलब उस्तै हुन्छ।
बारम्बार सोधिने प्रश्नहरू
ग्रेड के हो र यो कसरी गणना गरिन्छ?
ग्रेड भनेको शिक्षक वा कर्मचारीको पदस्तर (level) हो, जुन नियुक्ति, सेवा अवधि, बढुवा र कार्यसम्पादनका आधारमा तोकिन्छ। सामान्यतया शिक्षक सेवा आयोग वा सरकारी सेवामा श्रेणी, तह र सेवा अवधि अनुसार ग्रेड निर्धारण हुन्छ। प्रत्येक निश्चित वर्ष सेवा गरेपछि वा बढुवा भएपछि ग्रेड परिवर्तन हुन सक्छ।
शिक्षक श्रेणी के हो र यो कसरी गणना गरिन्छ?
शिक्षक श्रेणी भनेको शिक्षकको पद र जिम्मेवारीको स्तर हो। नेपालमा शिक्षकहरू प्रायः तृतीय, द्वितीय र प्रथम श्रेणी मा वर्गीकृत हुन्छन्। श्रेणी निर्धारण सेवा अवधि, शैक्षिक योग्यता, तालिम र बढुवा परीक्षा को आधारमा गरिन्छ।
बाल विकास (ECD) शिक्षक को तलब कति हुन्छ ?
बाल विकास (ECD) शिक्षकको तलब स्थानीय तह, स्रोत र विद्यालयको प्रकार अनुसार फरक–फरक हुन्छ। सामान्यतया मासिक तलब रु. ८,००० देखि १५,००० सम्म हुने गर्दछ। कतिपय स्थानीय तहले थप सुविधा वा भत्ता पनि प्रदान गर्छन्।
शिक्षकको तलब मासिक आउछ कि त्रैमासिक ?
शिक्षकको तलब प्रायः मासिक रूपमा नै आउने गर्दछ। तर कतिपय अवस्थामा (विशेषगरी अनुदान वा स्थानीय स्रोतबाट तलब पाउने शिक्षकहरूका लागि) ढिलाइ भएर एकैचोटि २–३ महिनाको तलब आउन सक्छ।
बिद्यालयमा काम गर्ने बिद्यालय लेखापालको तलब कति हुन्छ?
विद्यालय लेखापालको तलब पनि विद्यालयको प्रकार, स्थानीय तह र अनुभव अनुसार फरक हुन्छ, सामान्यतया मासिक तलब रु. १५,००० देखि २५,००० सम्म हुने गर्दछ। स्थायी वा करार सेवामा भएको आधारमा सुविधा फरक पर्न सक्छ।
सङ्घीय अनुदान शिक्षकको तलब कति हुन्छ?
सङ्घीय अनुदानमा कार्यरत शिक्षकको तलब शिक्षकको तह, श्रेणी र ग्रेड अनुसार निर्धारण हुन्छ, सामान्यतया सङ्घीय अनुदान शिक्षकले स्थायी शिक्षकसरहकै आधारभूत तलब पाउँछन्।