Skip to content Skip to footer

Government Teacher Salary in Nepal

नेपाल सरकार शिक्षक सेवा आयोग शिक्षकको तलब २०८३ | Teacher Salary Calculator Nepal 2083
अन्तिम अपडेट: २०८३/०५/०३

नेपाल सरकार शिक्षक सेवा आयोग शिक्षकको तलब २०८३

तह, श्रेणी, र ग्रेडको आधारमा सरकारी योगदान सहितको तलब विवरण निकाल्नुहोस्।

छिटो छनौट:
मावि - स्थायी प्रथम
मावि - अनुदान
निमावि - राहत
निमावि - करार
प्रावि - स्थायी तृतीय
बालविकास सहयोगी
विद्यालय सहयोगी
मावि - शिक्षण अनुदान

⚙️ शिक्षक विवरण छान्नुहोस्

शिक्षक तह
शिक्षक किसिम
शिक्षक श्रेणी
कार्यरत जिल्ला ?जिल्ला छनौट गर्दा सो जिल्लाको सरकारी दुर्गम वर्गीकरण अनुसार दुर्गम भत्ता स्वतः लागु हुन्छ।
0

🎁 भत्ता तथा सुविधाहरू

?प्रावि: रु. १,०००, निमावि: रु. २,०००, मावि: रु. ३,०००।
?१ महिनाको आधार + ग्रेड तलब बराबर (वार्षिक १ पटक)।
?वार्षिक रु. १०,००० पोशाक भत्ता।
?जिल्ला छान्दा सो जिल्लाको वर्ग अनुसार रु. २,००० देखि रु. १०,००० सम्म भत्ता स्वतः तोकिन्छ।
?स्थायी, राहत, करार र संघीय अनुदानमा रहेका शिक्षकलाई मासिक रु. ५,००० महंगी भत्ता लागु हुन्छ।
?स्थायी, राहत, करार र संघीय अनुदानमा रहेका शिक्षकलाई आधार + ग्रेड तलबको १०% प्रोत्साहन भत्ता मासिक लागु हुन्छ।
?स्थानीय तहले तोकेको मासिक भत्ता रकम यहाँ आफैं प्रविष्ट गर्नुहोस्।
?स्थायी, राहत, करार र संघीय अनुदानमा रहेका शिक्षकलाई मासिक रु. ३,००० प्राविधिक भत्ता लागु हुन्छ।
🤒भैपरी आउने बिदावर्षमा ६ दिन
🎉पर्व बिदावर्षमा ६ दिन
🤕बिरामी बिदावर्षमा १२ दिन
👶सुत्केरी बिदा?सुत्केरी हुनु अघि वा पछि गरी जम्मा ९८ दिन बिदा पाइन्छ।९८ दिन
👨‍🍼पितृत्व बिदा१५ दिन
🕯️काजकिरिया बिदावर्षमा १५ दिन
📚अध्ययन बिदा?अध्ययन बिदा एकैपटक वा किस्ताबन्दीमा गरी सेवा अवधिभर बढीमा ३ वर्षसम्म पाइन्छ।३ वर्ष सम्म
⏸️असाधारण बिदा?असाधारण बिदा एकपटकमा बढीमा १ वर्ष र सेवा अवधिभर बढीमा ३ वर्षसम्म पाइन्छ (तलब नपाइने)।१ वर्ष/पटक

तलब तथा सेवा सुविधा

हातमा आउने (Net)
रु. 40,384.28
कुल तलब (Gross)
रु. 44,811.42
सरकारी कुल प्याकेज
रु. 48,830.64

📋 विस्तृत तलब तथा कट्टी विवरण

➕ आम्दानी तथा भत्ता (Gross Earnings)

आधार तलब:रु. 36,192.20
ग्रेड भत्ता:रु. 0.00
प्रोत्साहन भत्ता (१०%):रु. 3,619.22
महंगी भत्ता:रु. ५,०००.००

➖ कर्मचारी कट्टी (Deductions)

सञ्चय कोष (कर्मचारी १०%):रु. 3,619.22
नागरिक लगानी कोष / बीमा:रु. ४००.००
आयकर (श्रेणीगत दर):रु. 407.92

🏛️ सरकारी थप योगदान (Government Contribution)

सरकारी थप सञ्चय कोष (१०%):रु. 3,619.22
सरकारी थप बीमा:रु. ४००.००
✓ लिङ्क कपि भयो!

📊 तलब तथा सरकारी कोष तुलनात्मक ग्राफ

हातमा आउने (Net Pay) रु. 40,384.28
teache salary in nepal 2083 official
government of nepal released offical updated salary of government employees

नेपालमा शिक्षकको तलब कति हुन्छ? (२०८३ पूर्ण जानकारी)

नेपालमा सरकारी शिक्षकको आधार तलब रु. ३६,१९२ (प्राथमिक तह, तृतीय श्रेणी, सुरु) देखि रु. ७४,९५८ (माध्यमिक तह, प्रथम श्रेणी, अधिकतम ग्रेड) सम्मको दायरामा हुन्छ — यो भत्ता समावेश नगरी मात्रको आधार+ग्रेड तलब हो। शिक्षकको ठ्याक्कै तलब तह (प्राथमिक/निम्न माध्यमिक/माध्यमिक), श्रेणी (प्रथम/द्वितीय/तृतीय), ग्रेड, र नियुक्तिको किसिम (स्थायी/राहत/करार/संघीय अनुदान/ECD/विद्यालय सहयोगी/लेखा सहायक/SESP) अनुसार फरक पर्छ।

यी संख्या आधार+ग्रेड मात्र हुन् — महंगी, प्रोत्साहन, प्राविधिक, दुर्गम जस्ता भत्ता थपेपछि वास्तविक कुल तलब (Gross) यसभन्दा बढी हुन्छ। ठ्याक्कै आफ्नो अवस्थाको तलब निकाल्न तलको क्याल्कुलेटर प्रयोग गर्नुहोस्।

यो पनि पढ्नुहोस्।

नेपालमा शिक्षकको तलब कसले तोक्छ?

सरकारी शिक्षकको तलब नेपाल सरकारले तोक्छ, विद्यालय आफैंले होइन।शिक्षक सेवा आयोग ले शिक्षक भर्ना र योग्यता निर्धारण गर्छ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले नियुक्तिको सिफारिस गर्छ | अर्थ मन्त्रालयले हरेक वर्ष बजेटमार्फत तलब स्केल संशोधन गर्छ | तलब निजामती सेवाको सोही श्रेणीको दरबन्दी अनुसार आधारित हुन्छ — समान श्रेणीको निजामती कर्मचारीले जत्तिकै आधार तलब शिक्षकले पनि पाउँछ | न्याँ दर देशभर एकैचोटि, आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुन्छ।

२०८३/०८४ बजेटले शिक्षक तलबमा के परिवर्तन ल्यायो?

२०८३/०८४ को बजेटले शिक्षकको आधार तलबमा करिब १०% वृद्धि गर्‍यो र नयाँ १०% प्रोत्साहन भत्ता थप्यो।

प्राथमिक तहका शिक्षकको तलब कति हुन्छ?

प्राथमिक तह (कक्षा १-५) का शिक्षकको आधार तलब रु. ३६,१९२ (तृतीय, सुरु) देखि रु. ६०,८७४ (प्रथम, अधिकतम ग्रेड) सम्म हुन्छ।

महंगी (रु. ५,०००) + प्रोत्साहन (१०%) + प्राविधिक (रु. ३,०००) भत्ता थपेपछि तृतीय श्रेणीको स्थायी शिक्षकले सुरुमै मासिक करिब रु. ४७,८११ सम्म कुल तलब पाउन सक्छन्।

प्राथमिक तहको ठ्याक्कै तलब हिसाब गर्नुहोस् →

निम्न माध्यमिक तहका शिक्षकको तलब कति हुन्छ?

निम्न माध्यमिक तह (कक्षा ६-८) का शिक्षकको आधार तलब रु. ३८,२०३ (तृतीय, सुरु) देखि रु. ६३,९०४ (प्रथम, अधिकतम ग्रेड) सम्म हुन्छ।

निम्न माध्यमिक तहको ठ्याक्कै तलब हिसाब गर्नुहोस् →

माध्यमिक तहका शिक्षकको तलब कति हुन्छ?

माध्यमिक तह (कक्षा ९-१२) का शिक्षकको आधार तलब सबैभन्दा उच्च हुन्छ — रु. ४८,०५८ (तृतीय, सुरु) देखि रु. ७४,९५८ (प्रथम, अधिकतम ग्रेड) सम्म।

महंगी + प्रोत्साहन (१०%) + प्राविधिक भत्ता थपेपछि प्रथम श्रेणीको स्थायी शिक्षकले सुरुमै मासिक करिब रु. ७६,७१३ सम्म कुल तलब पाउन सक्छन्।

माध्यमिक तहको ठ्याक्कै तलब हिसाब गर्नुहोस् →

राहत शिक्षकको तलब कति हुन्छ?

राहत शिक्षकको आधार तलब रु. ३६,१९२ देखि रु. ७४,९५८ सम्म हुन्छ — तह र श्रेणी अनुसार स्थायी शिक्षकसँगै उही दायरा।

राहत शिक्षकले महंगी, प्रोत्साहन (१०%), र प्राविधिक भत्ता स्थायी शिक्षकसरह नै पाउँछन् — तर सञ्चय कोष (PF) र बीमा सुविधा पाउँदैनन्, जुन नै स्थायी र राहतबीचको मुख्य फरक हो।

राहत शिक्षकको तलब अहिले नै हिसाब गर्नुहोस् →

करार शिक्षकको तलब कति हुन्छ ?

करार शिक्षकको आधार तलब पनि रु. ३६,१९२ देखि रु. ७४,९५८ सम्म हुन्छ — तह र श्रेणी अनुसार राहत/स्थायी शिक्षकसँगै उही दायरा।

करार शिक्षकको भत्ता संरचना राहतसँगै मिल्दोजुल्दो छ (महंगी+प्रोत्साहन+प्राविधिक पाउँछन्, तर PF/बीमा पाउँदैनन्)। करार नियुक्ति सामान्यतया निश्चित अवधिको सम्झौतामा आधारित हुन्छ।

करार शिक्षकको तलब अहिले नै हिसाब गर्नुहोस् →

ECD (बालविकास सहयोगी) शिक्षकको तलब कति हुन्छ?

ECD (बालविकास) सहजकर्ता/सहयोगीको तलब तह वा श्रेणीमा भर नपरी निश्चित मासिक रु. १७,००० हुन्छ। यो तलब स्थिर (fixed) हुन्छ — ग्रेड वृद्धि, महंगी भत्ता, प्रोत्साहन भत्ता, वा PF/बीमा कुनै पनि थपिँदैन। यो नेपालका सबै शिक्षक/सहजकर्ता समूहमध्ये सबैभन्दा कम आधार तलब हो।

ECD शिक्षकको तलब अहिले नै हिसाब गर्नुहोस् →

विद्यालय सहयोगी र लेखा सहायकको तलब कति हुन्छ?

विद्यालय सहयोगीको तलब निश्चित मासिक रु. १५,०००, र लेखा सहायकको तलब निश्चित मासिक रु. २०,००० हुन्छ।

दुवै पदमा ग्रेड वृद्धि वा PF/बीमा सुविधा लागू हुँदैन।

SESP (शिक्षण सहयोग अनुदान) शिक्षकको तलब कति हुन्छ?

SESP अन्तर्गत आधारभूत तह (कक्षा ६-८) मा नियुक्त शिक्षकको तलब निश्चित रु. ३८,२०३, र माध्यमिक तह (कक्षा ९-१०) मा निश्चित रु. ४८,०५८ हुन्छ।

दुवै पदमा ग्रेड वृद्धि वा PF/बीमा सुविधा लागू हुँदैन।

शिक्षकले कुन-कुन भत्ता पाउँछन्?

शिक्षकले आधार तलबमा थप महंगी, प्रोत्साहन, प्राविधिक, प्रधानाध्यापक, चाडपर्व, पोशाक, दुर्गम, र स्थानीय गरी ८ प्रकारका भत्ता पाउन सक्छन् (सबै किसिमलाई सबै भत्ता लागू हुँदैन)।

सरकारी शिक्षकले बैंकबाट ऋण कसरी पाउँछन्?

नेपालका सरकारी शिक्षकले राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकबाट सजिलो र कम ब्याजमा ऋण पाउँछन्।सरकारी जागिर सुरक्षित छ र तलब नियमित आउँछ। त्यसैले बैंकले जोखिम कम मान्छन्। तलब धितोमा गृह ऋण र व्यक्तिगत ऋण पाइन्छ। सामान्यतः वार्षिक तलबको ३०–४० गुणासम्म ऋण पाउन सकिन्छ।बिरामी बिदा, आकस्मिक बिदा, पर्व बिदा र शिक्षा मन्त्रालय मार्फत विभिन्न तालिम कार्यक्रमहरू पनि पाइन्छन्।