Share This Article
नेपालमा शिक्षक बन्ने सपना धेरैको हुन्छ। तर “शिक्षकको तलब कति हो?” भन्ने प्रश्नको जवाफ खोज्न गयो भने एकदम अलमल हुन्छ। एउटा साइटमा एउटा अंक, अर्कोमा अर्कै। कोही भन्छन् ४०,०००, कोही भन्छन् ७०,०००, कोही भन्छन् यो तलबले पुग्दैन।
भ्रम किन हुन्छ भने शिक्षकको तलब एउटा मात्र हुँदैन। तपाईं कुन तहमा हुनुहुन्छ, कुन श्रेणीमा नियुक्त हुनुभयो, र कतिवर्ष सेवामा हुनुहुन्छ भन्ने कुराले मासिक तलब फरक पार्छ।
यो लेखमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका नेपाली शिक्षकको तलबको पूरा विवरण छ। सबै तथ्य नेपाल सरकारको अर्थ मन्त्रालय को आधिकारिक तलबमान अनुसूची ७, २०८३ साउन १ गतेदेखि लागूमा आधारित छन्।
नेपाल सरकार शिक्षक सेवा आयोग (मावि, निमावि, प्रावी) शिक्षकको तलब २०८३
तह, श्रेणी र ग्रेडका आधारमा आफ्नो तलब विवरण निकाल्नुहोस्।
शिक्षकको तलब २०८३ बजेटपछि (Teacher salary 2083 After budget)
अर्थमन्त्री स्वर्निम वाग्ले २०८३/८४ बजेट अनुसार शिक्षकको तलबमा सुरुको स्केलमा १०%ले वृद्धि भएको छ र १०% कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रोत्साहन भत्ता स्वरूप १०% ले बढाइएको छ। महङ्गी भत्ता भने पुरानै कायमै मासिक ५,००० नै राखेको छ। यस अनुसार शिक्षकको नयाँ तलब २०८३ साउन १ गतेदेखि यस्तो हुनेछ |
| पद/श्रेणी | पुरानो तलब | १०% वृद्धि पछि नयाँ तलब | १०% प्रोत्साहन भत्ता | महँगी भत्ता | कुल तलब |
|---|---|---|---|---|---|
| माध्यमिक (प्रथम श्रेणी) | 56,787 | 62,465.70 | 6,246.57 | 5,000 | 73,712.27 |
| माध्यमिक (द्वितीय श्रेणी) | 48,737 | 53,610.70 | 5,361.07 | 5,000 | 63,971.77 |
| माध्यमिक (तृतीय श्रेणी) | 43,689 | 48,057.90 | 4,805.79 | 5,000 | 57,863.69 |
| निम्न माध्यमिक (प्रथम श्रेणी) | 45,862 | 50,448.20 | 5,044.82 | 5,000 | 60,493.02 |
| निम्न माध्यमिक (द्वितीय श्रेणी) | 43,689 | 48,057.90 | 4,805.79 | 5,000 | 57,863.69 |
| निम्न माध्यमिक (तृतीय श्रेणी) | 34,730 | 38,203.00 | 3,820.30 | 5,000 | 47,023.30 |
| प्राथमिक SLC उत्तीर्ण (प्रथम श्रेणी) | 43,689 | 48,057.90 | 4,805.79 | 5,000 | 57,863.69 |
| प्राथमिक SLC उत्तीर्ण (द्वितीय श्रेणी) | 34,730 | 38,203.00 | 3,820.30 | 5,000 | 47,023.30 |
| प्राथमिक SLC उत्तीर्ण (तृतीय श्रेणी) | 32,902 | 36,192.20 | 3,619.22 | 5,000 | 44,811.42 |
| दुई विषयसम्म SLC अनुत्तीर्ण | 27,612 | 30,373.20 | 3,037.32 | 5,000 | 38,410.52 |
| दुई विषयभन्दा बढी SLC अनुत्तीर्ण | 26,083 | 28,691.30 | 2,869.13 | 5,000 | 36,560.43 |
नेपालमा शिक्षकको तलब कसले तोक्छ?
नेपालमा सरकारी शिक्षकको तलब नेपाल सरकारले तोक्छ, शिक्षक सेवा आयोगले होइन।
शिक्षक सेवा आयोग ले परीक्षा लिन्छ र नियुक्तिको सिफारिस गर्छ। तर तलब स्केल अर्थ मन्त्रालय ले हरेक वर्ष जेठ १५ को बजेटमा तय गर्छ। त्यही साउन १ देखि लागू हुन्छ।
सरकारी शिक्षकको तलब नागरिक सेवाकै ढाँचामा आधारित छ। मतलब समान Level का निजामती कर्मचारी र शिक्षकको मूल तलब उस्तै हुन्छ।
तलबको भरपर्दो तथ्य हेर्नु छ भने mof.gov.np मा गएर रातो किताब Red Book २०८२/८३ हेर्नुस्। अनुसूची ७ मा सामुदायिक विद्यालयका शिक्षकको पूरा तलब तालिका छ।
नेपालमा सरकारी शिक्षकको न्यूनतम तलब कति हो?
नेपालमा सरकारी शिक्षकको न्यूनतम शुरु तलब रु. २६,०८२ हो। यो प्राथमिक तहको दुई विषयभन्दा बढी SLC अनुत्तीर्ण श्रेणीको नयाँ नियुक्तिमा लागू हुन्छ।

SLC उत्तीर्ण प्रथम श्रेणीको प्राथमिक शिक्षकको शुरु तलब रु. ४३,६८९ हो। महंगी भत्ता रु. ५,००० यसमाथि छुट्टै थपिन्छ। कर्मचारी सञ्चय कोष र अन्य कट्टी घटाएपछि हातमा आउने रकम अलि कम हुन्छ।
यहाँ एउटा कुरा बुझ्नुपर्छ। “शुरु तलब” र “कायम जम्मा” फरक हुन्छ। शुरु तलब भनेको नयाँ नियुक्तिमा पाइने हो। कायम जम्मा भनेको सबै ग्रेड वृद्धि पाइसकेपछिको अधिकतम मूल तलब हो। त्यो दुईबीचको फरक नै सेवाकालमा बढ्ने रकम हो।
प्राथमिक तहका शिक्षकले नेपालमा कति तलब पाउँछन्?
नेपालमा प्राथमिक तह (कक्षा १ देखि ५) का सरकारी शिक्षकको शुरु तलब रु. २६,०८२ देखि रु. ४३,६८९ सम्म हुन्छ। अधिकतम तलब (कायम जम्मा) रु. ३१,२९६ देखि रु. ५५,३३७ सम्म पुग्छ।
नेपाल सरकारको आधिकारिक तलबमान अनुसूची ७, २०७९ साउन १ गतेदेखि लागू, अनुसार प्राथमिक तहमा पाँच श्रेणी छन्:
| पद / श्रेणी | शुरु तलब स्केल (रु.) | ग्रेड संख्या | ग्रेड दर (रु.) | कायम जम्मा (रु.) |
| SLC उत्तीर्ण — प्रथम श्रेणी | ४३,६८९ | ८ | १,४५६ | ५५,३३७ |
| SLC उत्तीर्ण — द्वितीय श्रेणी | ३४,७३० | ८ | १,१५८ | ४३,९९४ |
| SLC उत्तीर्ण — तृतीय श्रेणी | ३२,९०२ | ६ | १०९७ | ३९,४८४ |
| दुई विषयसम्म SLC अनुत्तीर्ण | २७,६१२ | ६ | ९२० | ३३,१३२ |
| दुई विषयभन्दा बढी SLC अनुत्तीर्ण | २६,०८२ | ६ | ८६९ | ३१,२९६ |
ग्रेड संख्या ८ भनेको हरेक वर्ष सन्तोषजनक मूल्यांकन भएमा ८ पटक ग्रेड दर बराबर रकम मूल तलबमा थपिन्छ। SLC प्रथम श्रेणीको शिक्षकलाई प्रत्येक वर्ष रु. १,४५९ थपिन्छ। ८ वर्षमा रु. ११,६७२ जोडिन्छ र कायम जम्मा रु. ५५,३३७ पुग्छ।
महंगी भत्ता रु. ५,००० छुट्टै थपिन्छ। SLC प्रथम श्रेणीको शिक्षकले अधिकतम तलब पाकाउने अवस्थामा रु. ५५,३३७ + रु. ५,००० = रु. ६०,३३७ मासिक पाउँछन्।
दुर्गम क्षेत्रमा खटाइनुभएको छ भने दुर्गम भत्ता थप पाइन्छ। हुम्ला, मुगु वा डोल्पामा रु. ७,५०० छुट्टै थपिन्छ।
निम्न माध्यमिक तहका शिक्षकले नेपालमा कति तलब पाउँछन्?
नेपालमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८) का सरकारी शिक्षकको शुरु तलब रु. ३४,७३० देखि रु. ४५,८६२ सम्म हुन्छ। अधिकतम तलब (कायम जम्मा) रु. ४३,९९४ देखि रु. ५८,०९४ सम्म पुग्छ।
नेपाल सरकारको आधिकारिक तलबमान अनुसूची ७, २०७९ साउन १ गतेदेखि लागू, अनुसार निम्न माध्यमिक तहमा तीन श्रेणी छन्:
| पद / श्रेणी | शुरु तलब स्केल (रु.) | ग्रेड संख्या | ग्रेड दर (रु.) | कायम जम्मा (रु.) |
| निम्न माध्यमिक — प्रथम श्रेणी | ४५,८६२ | ८ | १,५२९ | ५८,०९४ |
| निम्न माध्यमिक — द्वितीय श्रेणी | ४३,६८९ | ८ | १,४५६ | ५५,३३७ |
| निम्न माध्यमिक — तृतीय श्रेणी | ३४,७३० | ८ | १,१५८ | ४३,९९४ |
महंगी भत्ता रु. ५,००० छुट्टै थपिन्छ। निम्न माध्यमिक प्रथम श्रेणीको शिक्षकले सबै ग्रेड पाइसकेपछि रु. ५८,०९४ + रु. ५,००० = रु. ६३,०९४ मासिक पाउँछन्।
माध्यमिक तहका शिक्षकले नेपालमा कति तलब पाउँछन्?
नेपालमा माध्यमिक तह (कक्षा ९ र १०) का सरकारी शिक्षकको शुरु तलब रु. ४३,६८९ देखि रु. ५६,७८७ सम्म हुन्छ। अधिकतम तलब (कायम जम्मा) रु. ५५,३३७ देखि रु. ६८,१४५ सम्म पुग्छ।
नेपाल सरकारको आधिकारिक तलबमान अनुसूची ७, २०७९ साउन १ गतेदेखि लागू, अनुसार माध्यमिक तहमा तीन श्रेणी छन्:
| पद / श्रेणी | शुरु तलब स्केल (रु.) | ग्रेड संख्या | ग्रेड दर (रु.) | कायम जम्मा (रु.) |
| माध्यमिक — प्रथम श्रेणी | ५६,७८७ | ६ | १८९३ | ६८,१४५ |
| माध्यमिक — द्वितीय श्रेणी | ४८,७३७ | ८ | १६१५ | ६१,७३७ |
| माध्यमिक — तृतीय श्रेणी | ४३,६८९ | ८ | १,४५६ | ५५,३३७ |
महंगी भत्ता रु. ५,००० यसमाथि छुट्टै थपिन्छ। माध्यमिक प्रथम श्रेणीको शिक्षकले सबै ग्रेड पाइसकेपछि रु. ६८,१४५ + रु. ५,००० = रु. ७३,१४५ मासिक पाउँछन्।
शिक्षकको ग्रेड वृद्धि कसरी काम गर्छ र तलब कसरी बढ्छ?
नेपालका सरकारी शिक्षकको तलब हरेक वर्ष ग्रेड वृद्धिको रूपमा बढ्छ। माग गर्नुपर्दैन, सन्तोषजनक कार्यसम्पादन मूल्यांकन भएमा स्वतः हुन्छ।
नेपाल सरकारको आधिकारिक तलबमान अनुसार हरेक श्रेणीको ग्रेड संख्या ८ छ। अर्थात् अधिकतम ८ पटक ग्रेड वृद्धि पाउन मिल्छ। हरेक वर्ष ग्रेड दर बराबर रकम मूल तलबमा थपिन्छ।
माध्यमिक प्रथम श्रेणीको शिक्षक नयाँ नियुक्तिमा रु. ५६,७५७ पाउँछन्। हरेक वर्ष रु. १,४२३ थपिन्छ। ८ वर्षमा रु. ११,३८४ जोडिन्छ र कायम जम्मा रु. ६८,१४५ पुग्छ।
सरकारले बजेटमा मूल तलब स्केल नै संशोधन गर्यो भने त्यो छुट्टै हुन्छ। त्यो जेठ १५ को बजेटमा घोषणा हुन्छ, साउन १ देखि लागू।
नेपालका सरकारी शिक्षकले कुन कुन भत्ता पाउँछन्?
नेपालका सरकारी शिक्षकले मूल तलबमाथि थप भत्ता पाउँछन्। यी भत्ताहरूले मासिक हातमा आउने रकम उल्लेखनीय रूपमा बढाउँछन्।
- महंगी भत्ता: २०८२/८३ मा रु. ५,००० प्रतिमहिना। यो सबै सरकारी शिक्षकलाई समान छ। प्राथमिक होस् वा माध्यमिक, काठमाडौं होस् वा हुम्ला।नेपाल सरकारको बजेट वक्तव्य २०८२/८३ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो रु. २,००० बाट बढाएर रु. ५,००० पुर्याउने घोषणा गरे।
- दुर्गम भत्ता: दुर्गम जिल्लामा खटाइएका शिक्षकलाई मात्र पाइन्छ। सरकारले जिल्लाहरूलाई A, B, C, D वर्गमा वर्गीकरण गरेको छ:
| वर्ग | मासिक भत्ता (रु.) | उदाहरण जिल्ला |
| A — अत्यन्त दुर्गम | ७,५०० | हुम्ला, मुगु, डोल्पा |
| B — दुर्गम | ५,०७५ | जुम्ला, कालिकोट, बाजुरा |
| C — मध्यम दुर्गम | ३,२५० | रोल्पा, जाजरकोट, सल्यान |
| D — न्यून दुर्गम | २,५०० | अर्घाखाँची, प्युठान, दैलेख |
हुम्लामा खटाइएको प्राथमिक SLC प्रथम श्रेणीको शिक्षकको मासिक तलब हिसाब गर्ने हो भने मूल तलब रु. ४३,६५९ + महंगी भत्ता रु. ५,००० + दुर्गम भत्ता रु. ७,५०० जम्मा रु. ५६,१५९ हुन्छ।
- स्थानीय भत्ता: स्थानीय भत्ता स्थानीय तह अनुसार फरक पर्न सक्छ। कुनै स्थानीय तहले प्रदान गर्छन् कुनैले दिँदैनन्।
- दशैं भत्ता: वर्षमा एकपटक, एक महिनाको मूल तलब बराबर। माध्यमिक प्रथम श्रेणीको शिक्षकलाई दशैंमा रु. ५६,७८७ देखि रु. ६८,१४५ सम्म एकमुष्ट पाइन्छ।
- पोशाक भत्ता: पोशाक भत्ता वर्षमा एकचोटि रु १० हजार पाइन्छ। यसमा १% आयकर काटेर तपाईँको हातमा रु.९९०० आउँछ।
- प्राविधिक भत्ता: प्राविधिक विषय पढाउने शिक्षकलाई मासिक रु. १,५०० थप पाइन्छ।
शिक्षकको तलबमा कति कट्टी हुन्छ र हातमा कति आउँछ?
नेपालका सरकारी शिक्षकको तलबमा मुख्यतः तीन ठाउँबाट कट्टी हुन्छ — कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र आयकर।
- कर्मचारी सञ्चय कोष (EPF): मूल तलबको १०% काटिन्छ र epf.org.np मा जम्मा हुन्छ। सरकारले थप १०% मिलाउँछ। अवकाशमा जम्मा भएको पूरै रकम फिर्ता पाइन्छ। माध्यमिक प्रथम श्रेणीको नयाँ शिक्षकको मासिक EPF खातामा रु. ११,३५१ जम्मा हुन्छ — तपाईंको रु. ५,६७५ र सरकारको रु. ५,६७५। वर्षमा रु. १,३६,२१४। यो देखिँदैन तर भविष्यमा ठूलो रकम बन्छ।
- नागरिक लगानी कोष (CIT): अनिवार्य होइन, तर आयकर घटाउन धेरैले राख्छन्। न्यूनतम रु. ५०० प्रतिमहिना। EPF र CIT दुवैमा राखेको रकम वार्षिक आयकरमा कट्टी पाइन्छ।
- आयकर: Income Tax Act 2058 अनुसार प्रगतिशील दरमा लाग्छ। EPF र CIT कट्टीपछिको आम्दानीमा कर लाग्छ।
माध्यमिक प्रथम श्रेणी नयाँ शिक्षकको एक महिनाको उदाहरण:
| विवरण | रकम (रु.) |
| मूल तलब | ५६,७८७ |
| महंगी भत्ता | ५,००० |
| कुल ग्रस | ६१,७८७ |
| EPF १०% | ५,६७५ |
| CIT | ४०० |
| आयकर अनुमानित | १,५०० देखि २,५०० |
| हातमा आउने अनुमानित | ५३,०८२ देखि ५४,०८२ |
नेपालका सरकारी शिक्षकले पेन्सन कति पाउँछन् र कसरी हिसाब हुन्छ?
नेपालका सरकारी शिक्षकले २५ वर्ष सेवा पूरा गरेपछि अवकाशमा अन्तिम मूल तलबको ५०% मासिक पेन्सन आजीवन पाउँछन्।
माध्यमिक प्रथम श्रेणीको शिक्षकको उदाहरण: अवकाश हुँदा कायम जम्मा रु. ६८,१४५ पुगिसकेको छ भने मासिक पेन्सन रु. ३४,०७२ हुन्छ। यो आजीवन आउँछ। शिक्षकको मृत्यु भए परिवारले पारिवारिक पेन्सन पाउँछ।
२५ वर्षभन्दा कम सेवामा अवकाश भए अनुपातिक पेन्सन पाइन्छ।
यो सुविधा निजी विद्यालयमा हुँदैन। सरकारी शिक्षकको कुल जीवनकाल आर्थिक सुरक्षा हिसाब गर्दा पेन्सनले ठूलो भूमिका खेल्छ।
शिक्षक सेवा आयोगको परीक्षा नपास गरी सरकारी शिक्षकको तलब पाइन्छ?
शिक्षक सेवा आयोगको परीक्षा नपास गरी नेपालको सरकारी तलब स्केल पाइँदैन। शिक्षक सेवा आयोग को परीक्षा पास गरेर स्थायी वा राहत पदमा नियुक्त भएपछि मात्र अनुसूची ७ को तलब स्केल लागू हुन्छ।
शिक्षक सेवा आयोगको सिफारिसमा राहत पदमा नियुक्त भएका शिक्षकले स्थायीसरह नै सरकारी तलब स्केल पाउँछन् — कर्मचारी सञ्चय कोष र पेन्सन सहित। तर विद्यालय व्यवस्थापन समितिले आफ्नै कोषबाट राखेका शिक्षकले सरकारी दर पाउँदैनन्। यो भेद नबुझ्नाले धेरैले अलमल खान्छन्।
परीक्षा नदिई विद्यालयको कोषबाट नियुक्त भए रु. ८,००० देखि रु. १५,००० सम्म मात्र पाइन्छ, कर्मचारी सञ्चय कोष र पेन्सन हुँदैन।
नेपालमा सरकारी र निजी विद्यालयका शिक्षकको तलबमा कुन राम्रो हो?
नेपालमा तत्कालका लागि राम्रो निजी विद्यालयमा तलब बढी हुन सक्छ। तर दीर्घकालमा सरकारी जागिरको कुल आर्थिक प्याकेज बलियो हुन्छ।
| सुविधा | सरकारी शिक्षक | राम्रो निजी विद्यालय | साना निजी विद्यालय |
| मासिक तलब | रु. ३१,०५२ देखि ७३,१४५ | रु. ४०,००० देखि ८०,०००+ | रु. १२,००० देखि २५,००० |
| कर्मचारी सञ्चय कोष | हो — २०% जम्मा | सामान्यतः छैन | छैन |
| पेन्सन | हो — आजीवन ५०% | छैन | छैन |
| दशैं भत्ता | हो | हुन सक्छ | छैन |
| जागिर सुरक्षा | उच्च | मध्यम | कम |
| बैंक ऋण | सजिलो | कठिन | कठिन |
विज्ञान, गणित र अंग्रेजीका शिक्षकको माग निजी विद्यालयमा बढी छ। तर कर्मचारी सञ्चय कोषमा सरकारले मिलाउने १०%, दशैं भत्ता र आजीवन पेन्सन जोड्दा सरकारी जागिरको वास्तविक मूल्य देखिएको भन्दा बढी हुन्छ।
नेपालका सरकारी शिक्षकले बैंकबाट ऋण कसरी पाउँछन्?
नेपालका सरकारी शिक्षकले राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकबाट सजिलो र कम ब्याजमा ऋण पाउँछन्।
सरकारी जागिर सुरक्षित छ र तलब नियमित आउँछ। त्यसैले बैंकले जोखिम कम मान्छन्। तलब धितोमा गृह ऋण र व्यक्तिगत ऋण पाइन्छ। सामान्यतः वार्षिक तलबको ३०–४० गुणासम्म ऋण पाउन सकिन्छ।
बिरामी बिदा, आकस्मिक बिदा, पर्व बिदा र शिक्षा मन्त्रालय मार्फत विभिन्न तालिम कार्यक्रमहरू पनि पाइन्छन्।