शिक्षक सम्पत्ति विवरण भर्ने तरिका
- सर्वप्रथम राष्ट्रिय किताबखाना शिक्षकबाट सम्पत्ति विवरण भर्ने सूचना आउँछ।

- त्यसपछि तपाईँले शिक्षक सम्पत्ति विवरण फारम डाउनलोड गर्नुहोस् र आफ्नो सम्पत्तिहरू उल्लेख गर्नुहोस्।
- सबै सम्पत्ति राखेर आफ्नो कार्यरत स्कुल नाम र ठेगाना राम्रोसँग लेख्नुहोस् र सही छाप लगाउनुहोस्।
- फारम भरिसकेपछि नजिकैको हुलाक मार्फत राष्ट्रिय किताबखाना शिक्षकमा पठाउनुहोस्।
- राष्ट्रिय किताबखाना शिक्षकमा तपाईँको सम्पत्ति विवरण पुगेपछि यस्तो किसिमको म्यासेज आउँछ। यदि आयो भने बुझ्नुस् तपाईंको शिक्षक सम्पत्ति विवरण दर्ता भयो।

फारम भर्दा ध्यान दिनुपर्ने कुराहरू
- शिक्षक संकेत नम्बर रस्थायी लेखा नम्बर नछुटाइकन लेख्नुहोस्।
- आफ्नो नाम नागरिकता अनुसार र कार्यरत स्कुलको नाम लेख्नुहोस्।
- स्रोत नखुलेको सम्पत्ति नलेख्नुहोस्। सकेसम्म आफूले आर्जित गरेको सम्पत्ति मात्र लेख्नुहोस्।
- फारम भरिसकेपछि खाममा राखेर राष्ट्रिय किताबखाना समयमै हुलाक मार्फत बुझाउन नबिर्सिनुहोस्
शिक्षक सम्पत्ति विवरण कति दिनभित्र बुझाउनुपर्ने हुन्छ ?
सम्पत्ति विवरण आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र राष्ट्रिय शिक्षक किताबखानामा बुझाइसक्नुपर्ने हुन्छ।
शिक्षक सम्पत्ति विवरण फारम नबुझाएमा के कारबाही हुन्छ ?
शिक्षक सम्पत्ति विवरण फारम नबुझाएमा राष्ट्रिय शिक्षक किताबखानाले तोके बमोजिमको रकम बुझाउनुपर्छ | अहिले जरिवाना स्वरूप राष्ट्रिय शिक्षक किताबखानाले १० हजार तोकेको छ।