सबै सम्पत्ति राखेर आफ्नो कार्यरत स्कुल नाम र ठेगाना राम्रोसँग लेख्नुहोस् र सही छाप लगाउनुहोस्।
फारम भरिसकेपछि नजिकैको हुलाक मार्फत राष्ट्रिय किताबखाना शिक्षकमा पठाउनुहोस्।
राष्ट्रिय किताबखाना शिक्षकमा तपाईँको सम्पत्ति विवरण पुगेपछि यस्तो किसिमको म्यासेज आउँछ। यदि आयो भने बुझ्नुस् तपाईंको शिक्षक सम्पत्ति विवरण दर्ता भयो।
फारम भर्दा ध्यान दिनुपर्ने कुराहरू
शिक्षक संकेत नम्बर रस्थायी लेखा नम्बर नछुटाइकन लेख्नुहोस्।
आफ्नो नाम नागरिकता अनुसार र कार्यरत स्कुलको नाम लेख्नुहोस्।
स्रोत नखुलेको सम्पत्ति नलेख्नुहोस्। सकेसम्म आफूले आर्जित गरेको सम्पत्ति मात्र लेख्नुहोस्।
फारम भरिसकेपछि खाममा राखेर राष्ट्रिय किताबखाना समयमै हुलाक मार्फत बुझाउन नबिर्सिनुहोस्
शिक्षक सम्पत्ति विवरण कति दिनभित्र बुझाउनुपर्ने हुन्छ ?
सम्पत्ति विवरण आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र राष्ट्रिय शिक्षक किताबखानामा बुझाइसक्नुपर्ने हुन्छ।
शिक्षक सम्पत्ति विवरण फारम नबुझाएमा के कारबाही हुन्छ ?
शिक्षक सम्पत्ति विवरण फारम नबुझाएमा राष्ट्रिय शिक्षक किताबखानाले तोके बमोजिमको रकम बुझाउनुपर्छ | अहिले जरिवाना स्वरूप राष्ट्रिय शिक्षक किताबखानाले १० हजार तोकेको छ।