Skip to content Skip to footer

मावि लाइसेन्स निवेदन


श्री
शिक्षा विकास तथा समन्वय इकाइ 
ताहाचल ,काठमाडौं

विषय: मा.वि. अध्यापन अनुमतिपत्र उपलब्ध गराइदिने सम्बन्धमा।

महोदय,

म विनम्रतापूर्वक निवेदन गर्दछु कि म तपसिल बमोजिमको विवरण भएको व्यक्ति हुँ। मैले शिक्षक सेवा आयोगको विज्ञापन नं. ४३/०८२/८३ मिति २०८२/०७/२२ मा  सञ्चालन गरिएको  मा.वि. तहको अध्यापन अनुमतिपत्र परीक्षा उत्तीर्ण भैसकेको हुनाले उक्त प्रमाणपत्र उपलब्ध गराइदिनुहुन यो निवेदन पेश गरेको छु।

उक्त प्रमाणपत्र शैक्षिक तथा पेशागत प्रयोजनका लागि अत्यन्त आवश्यक रहेको हुँदा नियमअनुसार आवश्यक प्रक्रिया पूरा गरी मा.वि. अध्यापन अनुमतिपत्र प्रमाणपत्र यथाशीघ्र प्रदान गरिदिनुहुन अनुरोध गर्दछु।

यस सम्बन्धमा आवश्यक पर्ने सम्पूर्ण कागजातहरू यस निवेदनसाथ संलग्न गरिएको व्यहोरा जानकारी गराउँदछु।
धन्यवाद।

भवदीय

नाम: ...............................
ठेगाना: ............................
सम्पर्क नं.: ........................
नागरिकता नं.: .....................
परीक्षा रोल नं.: ........
मिति: .....................
हस्ताक्षर: ....................